
नारी बाटिका
काठमाडौं ३ मंसिर ।
सहकारी ठगी मुद्दामा रास्वपा सभापति रवि लामिछानेसहित २२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पुर्जी जारी भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार लामिछानेसहित अरु २२ जनाका नाममा पक्राउ पुर्जी जारी भएको हो ।
सोही प्रकरणमा यसरी पक्राउ पुर्जी जारी हुनेहरुमा २२ मध्ये रविसँगै पूर्वडीआईजी छविलाल बन्जाडे जोशी पनि हुनु हुन्छ । काठमाडौं महानगरपालिकास्थित वडा नं. १४ मा सञ्चालित स्वर्णलक्ष्मी सहकारी संस्थाबाट बचतकर्ताको अर्बौं रकम हिनामिना भएको भन्दै उनीहरु विरुद्ध उजुरी परेपछि छानविन कार्य थालिएको थियो ।
सो प्रकरणको छानबिन कै क्रममा लामिछाने, जोशी संलग्न गोर्खा मिडिया प्रालिमा रकम प्रवाह भएको पाइएको एसपी अधिकारले बताउनु भयो । काठमाडौं महानगरपालिकाको छानबिन प्रतिवेदनका आधारमा उक्त घोटाला प्रकरणमा रवि र छविको संलग्नता देखिएको हो ।
यस्तै उक्त सहकारी कै बचत घोटालामा संलग्न काठमाडौं महानगरपालिका–६ घर भएका कमल लामा र वडा नम्बर ३१ की सुनिता नेवालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।








प्रतिक्रिया दिनुहोस