
नारी बाटिका
काठमाडौं ४ मंसिर ।
सिङ्गापुरको लाहुरे हुँ, सिङ्गापुर लैजान्छु भन्दै नक्कली फेसबुक आईडी बनाई सोही फेसबुकबाट प्रलोभनमा पारी रु २७ लाख बढी ठगी गर्ने एकजनालाई प्रहरीले पक्रउ गरेको छ । आइतबार सो अभियोगमा प्रहरीले निज व्यत्तिलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा तनहुँ आँबुखैरेनी गाउँपालिका–५ घर भई हाल काठमाडौँ चन्द्रागिरी नगरपालिका–७ बस्ने रुद्रबहादुर गुरुङ रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकु सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनु भयो।
, प्रहरीको अनुसार “पक्राउ परेका रुद्रले फेसबुक लगायत सामाजिक सञ्जालमा नक्कली एकाउन्ट निर्माण गरी करिब २७ लाख ८३ हजार २ सय रुपैयाँ ठगी गरेको उजुरीका आधारमा पक्राउ गरिएको हो।”
यस्तै निजले सोही आईडी दुरुपयोग गर्दै केटी साथी बनाइ आफू फ्रान्स, सिङ्गापुरको लाहुरे हुँ, सिङ्गापुर लैजान्छु, सिङ्गापुर लैजानको लागि कागजात बनाउनु पर्छ, त्यस बापत पैसा लाग्छ भनी काठमाडौँ, चितवनको विभिन्न स्थानमा आफ्नो हुलिया एवं परिचय परिवर्तन गरी भेट्न बोलाई ठगेको अनुसन्धानको क्रममा खुलेको थियो।
निजलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकाली पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।








प्रतिक्रिया दिनुहोस