आज: २०८२ भाद्र ३१, मंगलबार | Tue, 16, Sep, 2025

गैरकानुनी रुपमा ५५ करोडको अनलाइन जुवा खेलाउने सुनील पक्राउ

२०८१ मंसिर १३, बिहिबार मा प्रकाशित ( ९ महिना अघि) ७२०८ पटक पढिएको
नारी बाटिका


काठमाडौं १३ मंसिर ।

अनलाइन अन्तर्रगतको बेटिङ एप्लिकेसन मार्फत विश्वको जुन कुनामा रहेरपनि खेल्न मिल्ने सट्टेबाजी गर्ने व्यक्ति पक्राउ परेका छन् । यसरी अनलाइन जुवा खेलायर गैरकानुनी रुपमा रकम सङ्कलन गरेको आरोपमा निजलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिका(७ का ३७ वर्षीय सुनील राईलाई पक्राउ गरेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले जनाएको छ।

ललितपुरको महालक्ष्मी नगरपालिका(४ अफलटोल बस्ने राईले ७५ वटा बैंक खाता, १२८ ई(सेवा वालेटबाट ५५ करोड २० लाख ८४ हजार ७१ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार राईबाट एनसेल कम्पनीका ७० वटा सिमकार्ड, ११ वटा नागरिकता, १५ वटा राहदानी, २२ वटा चेकबुक र ४२ थान एटिएम कार्ड बरामद भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस