आज: २०८३ कार्तिक ४, मंगलबार | Tue, 20, Oct, 2026

भोटखोलामा खुकुरी प्रहारबाट एक जना पुरुषको हत्या

२०८१ मंसिर १६, आईतबार मा प्रकाशित ( १ साल अघि) ६१९९ पटक पढिएको
नारी बाटिका


संखुवासभा १६ मसिर ।

गएराति संखुवासभाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका –२ चेपुवामा धारिलो हतियार (खुकुरी) प्रहार गरी एक जनाको हत्या भएको छ।

हत्याबाट मृत्यु हुनेमा भोटखोला –२ चेपुवामाखुकुरी प्रहारबाट ५६ वर्षीय तेन्जोङ भोटेको हत्या भएको जिल्ला प्रहरीकार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी गराउनु भएको छ ।

निज भोटेको गएराति धारिलो हतियार प्रहार गरी गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य चौकी च्याम्ताङमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक लामिछानेले बताए।

उनको खुकुरी प्रहारबाट कम्मरमा गहिरो चोट लागेको र सोही घटनाबाट मृत्यु भएको हो । प्रहरीले हत्यामा संम्लग्न भएको आरोपमा सोही गाउँका ६१ बर्षीय छाङवा भोटेलाई आज बिहान भोटखोलाबाट पक्राउ गरेको छ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस


↑