आज:  | Sun, 12, Jan, 2025

लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतको अनुमति

२ पुष २०८१, मंगलवार १५:१३ मा प्रकाशित ( ३ हफ्ता अघि) २०७८ पटक पढिएको
नारी बाटिका


काठमाडौं २ पुस ।

संगठित अपराध तथा सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका(रास्वपा)का सभापति रवि लामिछानेलाई थप चार दिनको म्याद थप भएको छ ।

कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले आज (मंगलबार)लामिछानेलाई थप चार दिनको म्याद थप भएको र उक्त समयमा लामिछानेलाई हिरासतमै राखेर बाँकी अनुसन्धान गर्ने अनुमति दिएको हो।

गत कात्तिक २ गते प्रहरीले रास्वपा कै केन्द्रीय कार्यलय काठमाडौंबाट पक्राउ गरी कास्की लगेको थियो। सोही प्रकरणमा लामिछाने सहित ५१ जनाविरूद्ध मुद्दा चलाउन आज प्रहरीले रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिललाई बुझाएको छ। सरकारी वकिल कार्यालय कास्कीले यसको अभियोजन गरिरहेको छ।

सरकारी वकिलले प्रतिवेदनको अध्ययन गरी उनी विरुद्ध थप कारवाही चलाउनु पर्ने देखिएमा यो चार दिने म्यादभित्रै अदालतमा मुद्दा दर्ता गर्नु पर्ने हुन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस