आज:  | Sun, 12, Jan, 2025

हुण्डी कारोबारी गर्ने ६८ लाख रकमसहित ४ जना पक्राउ

३ पुष २०८१, बुधबार १५:४९ मा प्रकाशित ( ३ हफ्ता अघि) ६२०१ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ पुस ।

प्रहरीले अवैध हुण्डी कारोबार गर्ने ४ जनालाई रकमसहित पक्राउ गरेको छ । प्रहरीले मंगलबार काठमाडौं महानगरपालिका–९ सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख र नगदसहित चार जनालाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूमा काठमाडौँ महानगरपालिका–३२ दोभानपुल निवासी ४६ वर्षीय राजकुमार माली, नयाँ बानेश्वर बस्ने १८ वर्षीय किशोर, झापा अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय प्रवेश कुमार पौडेल, र झापा बिर्तामोड नगरपालिका–५ निवासी २७ वर्षीय युवराज सुवेदी रहेको प्रहरी उपरीक्षक नवराज अधिकारीले बताएका छन् ।

उनीहरुलाई प्रहरी वृत्त गौशलाबाट खटिएको टोलीले प्रदेश ३–०१०२२ च १९७२ नम्बरको कार रोकी जाँच गर्दा नगदसहित उनीहरू पक्राउ परेका थिए। शम्भुमार्गमा गरिएको जाँचका क्रममा नगदको स्रोत नखुलेपछि उनीहरूलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस