
धादिङ १७ पुस ।
आजदेखी अंग्रेजी नयाँ वर्ष सन् २०२५ प्रारम्भ भएको छ ।
ग्रेगोरियन पात्रोअनुसार आजदेखि नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको हो। इसाई धर्म अनुसार आजकै दिनबाट जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवतको सुरुवात् भएको मान्यता छ ।
अहिले प्रचलनमा आएको पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै सोही पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिएको हो।
साथै अंग्रेजी जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। पछी त्यस अंग्रेजी पात्रो विवादित बनेपछी यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवं ज्योतिषाचार्य डा.खिलानाथ बस्ताकोटी बताउनु हुन्छ ।












प्रतिक्रिया दिनुहोस