आज:  | Sun, 12, Jan, 2025

स्वर्णलक्ष्मी सहकारी ठगीमा रविसहित ३९ जनाविरुद्ध काठमाडौंमा मुद्दा दर्ता

२१ पुष २०८१, आईतवार १८:२८ मा प्रकाशित ( १ हफ्ता अघि) २५१२ पटक पढिएको
नारी बाटिका


काठमाडौं २१ पुस ।

रवीसहित ३९ जनालाई काठमाडौंको कालिमाटीमा संन्चालित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत हिनामिना भएको आरोप लागेको छ । सोही आरोपमा रास्वपा सभापति तथा पुर्वगृह्रमन्त्री रवि लामिछानेसहित ३९ जनाविरुद्धमा आज मुद्दा दर्ता भएको हो ।

आइतबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको श्रेस्तेदार रामु शर्माले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय, कास्कीको हिरासतमा रहेका लामिछानेविरुद्ध पोखराको सूर्यदर्शन सहकारी ठगी आरोपमा पनि थुनछेक बहस चलिरहेको छ ।

सोही प्रकरणको मुद्दामा गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक समिति सदस्य लामिछानेसहित छविलाल जोशी, स्वर्णलक्ष्मी सहकारीका अध्यक्ष जीबी राई, उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता तामाङ, सदस्य हमेन्त अधिकारी, रविना रिमाल, पूर्वअध्यक्ष दिपक लामा लगायतलाई प्रतिवादी बनाइएको छ ।

उनीहरुविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको एक अर्ब १९ करोड ९५ लाख रुपैयाँ अनियमितता गरेको आरोप लागेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस