आज: २०८३ आश्विन २४, शनिबार | Sat, 10, Oct, 2026

विहान ६ः५० मा ७ म्याग्निच्युडको ‘शक्तिशाली’भूकम्प,क्षतिको विवरण आउन बाँकी

२०८१ पौष २३, मंगलबार मा प्रकाशित ( १ साल अघि) १६४६२ पटक पढिएको
नारी बाटिका


काठमाडौं २३ पुस ।

अहिले विहान ६ बजेर पचास मिनेटमा काठमाडौंमा ७ म्याग्निच्युडको ‘शक्तिशाली’ भूकम्प गएको छ। मंगलबार बिहान ६ बजेर ५० मिनेट जाँदा काठमाडौं लगातका जिल्लामा भूकम्प गएको हो ।

चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु आतंकित मात्रै भएनन् धरैजसो हाम्फालेर सडकमा निस्किएका थिए।

काठमाडौं उपत्यकासहित आसपासका जिल्ला एवं तराइका जिल्लामा समेत भूकम्पको धक्का महसुस गरिएको छ । तर उक्त भुकम्पले कहाँ के कति क्षति भयो भन्ने जानकारी भने आउनै बाँकी छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑