आज: २०८३ भाद्र १, सोमबार | Mon, 17, Aug, 2026

अवैध कल सेन्टरमा सीआईबीले छापा मारी ५३ जना पक्राउ

२०८१ पौष २३, मंगलबार मा प्रकाशित ( १ साल अघि) ११२८५ पटक पढिएको
नारी बाटिका


ललितपुर-२३ पुस ।

ललितपुरको एक अवैध कल सेन्टरमा सीआइबीले छापा मारी ५३ जना पक्राउ गरेको छ।

सातदोबाटोस्थित उक्त कल सेन्टरमा सीआइबीको टोलीले छापा हानेर सो कार्यमा संलग्न रहेको आशंकामा ५३ जनालाई पक्राउ गरेको हो । यसरी पक्राउ पर्ने मध्ये दुई जना भारतीय नागरिक रहेको र अरु नेपाली रहेका सीआईबीका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले जानकारी दिन भयो।

यससंगै पक्राउ परेकाहरुको साथबाट ८५ वटा ल्याप्टप ८२ वटा मोबाइल बरामद भएको सीआइबीले जनाएको छ । उनीहरुले सातदोबाटोमा कल सेन्टर संन्चालन गरी अनलाइन जुवा लगायत अवैध गतिविधि गरिरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सीआइबीले जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस