आज:  | Tue, 11, Feb, 2025

सहकारी ठगी प्रकरणमा फरार जिबी राईको राहदानी रद्द गर्न अदालतको आदेश

५ माघ २०८१, शनिबार ०७:०० मा प्रकाशित ( ३ हफ्ता अघि) २२३३ पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ माघ ।

गितेन्द्रबाबु (जिबी)राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ ।

शुक्रबार जिल्ला अदालतका कास्कीका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले जिबीको राहदानी रद्द गर्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा फरार रहेका राईको राहदानी रद्द गर्न राहदानी विभागमा पत्र पठाउने निर्णय भएको कास्की अदालतका स्रेस्तेदार राजन खनालले बताए ।

कास्की जिल्ला प्रहरी कार्यालयले सरकारी वकिल कार्यालयमार्फत् जिबीलाई विदेशबाट पक्राउ गरी नेपाल ल्याउनका लागि राहदानी रद्द गर्न माग गर्दै अदालतमा निवेदन पेश गरेको थियो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस