
एजेन्सी ।
इरानको सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली प्रहारबाट हत्या गरिएको छ ।
तेहरानमा तीन जना न्यायाधीशलाई लक्षित गरी सशस्त्र आक्रमण भएकोमा दुई सर्वोच्च अदालतका न्यायाधीशको हत्या भएको हो । आक्रमणबाट मारिएकाहरु मोहम्मद मोगिसेह र होजातोलेस्लाम अली रेजिनीसहित दुई न्यायाधीशको मृत्यु भएको छ भने तेस्रो न्यायाधीश घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
साथै घाईते न्यायाधीशको उपचार भइरहेको छ।आक्रमणकारीले न्यायाधीशलाई गोली हानेपछि आत्महत्या गरेको बताइएको छ । अधिकारीहरूले आक्रमणको पछाडि कारणको बारेमा थप विवरणहरू जारी गर्न बाँकी रहेको बताईएको छ ।












प्रतिक्रिया दिनुहोस