
नारी बाटिका
काठमाडौँ २० माघ ।
ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा आइरहेको निर्माणाधीन संघर्ष समितिको तिन जनालाई प्रहरी पक्राउ गरेको छ । उक्त समितिले आज र भोलि पूर्वका नौ जिल्लामा बन्दको आह्वान गरेको थियो ।
निर्माणाधीन कार्यलाई अवरोध गर्न समितिले ताप्लेजुङ,पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम र सङ्खुवासभा बन्दको आह्वान गरेको थिया । दमक नगरपालिका–६ स्थित आकाशे पुलमा भेला भई बन्द गराउँदै हिँडने तीनजना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको हो ।
राजमार्गमा गुडिरहेका गाडीको चाबी थुत्न खोज्दा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । त्यसैगरी आज बिहान मेची राजमार्ग अन्तर्गत बुद्धशान्ति गाउँपालिका –४ स्थित बर्नेमा बन्दकर्ताहरूले दुईवटा घाघरुको रुख ढालेर राजमार्गमा अवरुद्ध समेत पारेका थिए ।
केबुलकारको निर्माण कार्यमा पाथीभरा क्षेत्रमा विरोध गर्दै आएका मुक्कुम्लुङ संरक्षण संर्घष समिति र प्रहरीबीच झडप भएको थियो । झडपमा प्रहरीको गोली लागेर तीनजना प्रदर्शनकारी गम्भीर घाइते भएका थिए ।







प्रतिक्रिया दिनुहोस