आज:  | Fri, 28, Mar, 2025

भ्रष्टाचारीको मिलेमतोमा नागरिकलाई सहज रुपमा सेवा नदिएको :अख़्तियार प्रमुख

२८ माघ २०८१, सोमबार १८:१९ मा प्रकाशित ( १ महिना अघि) २९७७ पटक पढिएको
नारी बाटिका


काठमण्डौ – २८ माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले सेवा प्रवाहमा अवरुद्ध गराइ मिलेमतोमा अनियमितता गर्ने प्रवृत्ति बढेबो बताउनु भएको छ । आयोगको ३४ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा सम्वोधन गर्नु हुंदै उहाँले सेवा सहज बनाउनु पर्नेमा जोड दिनु भएको हो ।

उहाँले नागरिकलाई सहज र सरल रुपमा सेवा दिने सम्बन्धमा थप सुधारका उपायहरु अवलम्वन गर्न आवश्यक रहेको बताउनु भएको छ । भ्रष्टाचारविरुद्धमा निगरानी,खबरदारी र नियन्त्रणमा काम गर्ने सरकारी निकायमध्यको छुट्टै समेन्त्र अख्तियार दुरुपयोग अनुसन्धान आयोग आजदेखि ३४ औँ वर्षमा प्रवेश गरेको छ। मुलुकमा सुशासन प्रवर्द्धनका लागी सचेत बनाउँदै आज विविध कार्यक्रम गरी टङ्गालस्थित आयोगको कार्यालयमा यस दिवस मनाएको हो ।

सूचना प्रविधिको उपयोगको बिस्तार गरी सार्वजनिक सेवा प्रवाहलाई अनुमान योग्य, सरल, सुलभ र व्यवस्थित बनाउने नेपाल सरकारको प्रयास भएपनि यातायात, मालपोत, नापी, राहदानी, वैदेशिक रोजगार, अध्यागमन लगायतका संघीय कार्यालयहरुको सेवा प्रवाह अपेक्षा अनुरुप प्रभावकारी हुन नसकेकोआयोगको ठम्याई छ ।

गाउँ गाउँमा सिंहदरवार , जनताका पिर,मर्का बुझेर काम गर्ने संघिय सरकार,अर्थात तिन तहका सरकार भनेर दलिय कार्यक्रममा दलहरुले व्यक्त गर्ने गरेका भएपनि जनताका हितमा खासै सेवा प्रभाह हुन सकिरहेको छैन । प्रदेश सरकार र पालिका सरकारबाट प्रदान गर्ने सेवा झन जटिल र खर्चिलो हुन गइ नागरिकले सहज र सरल सेवा प्राप्त गर्न नसकिरहेको अवस्था आयोगले पाएको छ ।

पछिल्लो समयमा सो सम्वन्धि आयोगमा परेका उजुरीहरुको विश्लेषण गर्दा नागरिक बडापत्रको पालना नगर्ने, सेवा प्रवाहमा विचौलियाको प्रवेश हुने,सेवा प्रवाहलाई अवरुद्ध गराइ मिलेमतोमा अनियमितता गर्ने जस्ता प्रवृत्ति देखिएको बताउनु भयो ।

साथै सार्वजनिक खरिद तथा निर्माणको सन्दर्भमा आवश्यकता र औचित्यताको पहिचान नगरी बजेट विनियोजन गर्ने, खरिद योजना बिना नै खरिद कार्य गर्ने, मिलेमतोमा आयोजना छनोट गर्ने, कार्यक्रम नै सम्पन्न नगरी भुक्तानी दिने, अनुदानको दुरुपयोग गर्ने गरेको पाइएको आयोगले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस