आज:  | Sun, 16, Mar, 2025

फेरी बढ्यो पेट्रोलको मूल्य ,तर, डिजेल र मट्टीतेलको भने घट्यो

४ फाल्गुन २०८१, आईतवार ०६:३८ मा प्रकाशित ( ३ हफ्ता अघि) २१०९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ फागुन ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरी पनि बढाएको छ।

गए राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको साविक मूल्यमा एक रुपैयाँ बढाएको हो। तर निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ। घटेको डिजेल र मट्टीतेलको साविक मूल्यमा ४ रुपैयाँ घटाएको छ। सो को नयाँ मुल्यमा पनि गएराति १२ बजेदेखि लागू हुने जनाएको छ

नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५।४० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १६७ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १६८ रुपैयाँ पर्ने भएको छ।

त्यस्तै घटेको डिजेल र मट्टीतेलको मुल्यमा भने पहिलो वर्गका क्षेत्रमा १५३।५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५५ रुपैयाँ र तेस्रो वर्गका स्थानमा १५६ रुपैयाँ मात्रै पर्ने छ।

निगमले शनिबार एक विज्ञप्ती जारी गर्दै नयाँ मल्य निर्धारण गरे अनुसार पहिलो वर्ग अन्तर्गतमा पर्ने चारआली, विराटगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट पेट्रोलियम पदार्थ उठाउने पम्प तथा बिक्रेताहरु पर्दछन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस