आज:  | Fri, 28, Mar, 2025

ओडीसा घटनाबारे नेपाली मिडियाहरुबाट व्यापक रुपमा समचार बाहिरिएसंगै दूतावासले चासो बढायो

६ फाल्गुन २०८१, मंगलवार ०७:०४ मा प्रकाशित ( १ महिना अघि) २०१६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ६ फागुन ।

ओडीसास्थित एक कलेजमा अध्ययनरत नेपाली छात्राको रहस्यमयी मृत्यु प्रकरणपछी घटनाबारे नेपाली मिडियाहरुबाट व्यापक रुपमा समचार बाहिरिएसंगै नेपाली दूतावासले विशेष चासो बडाएको छ । उक्त घटनाको सम्वन्धमा नेपाली विद्यार्थीले विरोध प्रदर्शन गरेपछी भारतीय प्रहरीसमेतको मिलेमतोमा कलेज प्रशासनले त्यहाँ अध्ययनरत विद्यार्थीलाई कलेजबाट निकालेर रेल स्टेशनमा लगी अलपत्र पारेको थियो ।

उक्त घटनाको सम्वन्धमा नेपाली सबै जसो मिडियाबाट एकै छिनमा समचार छ्याप्छ्याप्ती बाहिरिएको थियो । त्यस लगतै शोमबार भारतस्थित नेपाली दूतावासले कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयसँग छलफल भएको र विद्यार्थीलाई छात्राबासमा नै फर्काउने पहल भएको जानकारी दिएको छ।

सोमबार दूतावासले एक विज्ञप्ति जारी गर्दै विकसित घटनाक्रमहरूका सम्बन्धमा उक्त शैक्षिक संस्थाका रजिस्ट्रारलगायतका प्रतिनिधिहरूसँग छलफल भएको जनाएको हो। दूतावासका अनुसार घटना बारे छलफलमा नेपाली विद्यार्थीहरूको सुरक्षा सुनिश्चित गर्न र उनीकहरुलाई छात्रावासमा नै फर्काई बस्ने प्रबन्ध मिलाउन अनुरोध गरिएको जनाएको छ ।

‘यसैगरी उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीहरुको कक्षा संचालनका लागि आवश्यक व्यवस्था मिलाउन समेत अनुरोध गरिएको बताएको छ। विज्ञप्तिमा भनिएको छ,’ राजदूतावासबाट अनुरोध भएबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीहरुलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीहरुको लागि कक्षा संचालनको व्यवस्था गर्न आग्रह गरेको छ।

यसैगरी मृतक प्रकृति लम्सालको मृत्यु सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धान हुन दूतावासले जोड दिएको जनाएको छ। ‘सो शैक्षिक संस्थाले उक्त विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको पनि जनाएको छ।

दूतावासले यस घटनाका सम्बन्धमा यस राजदूतावासले नेपाली विद्यार्थी लगायत भारतको केन्द्रीय सरकार एवं उडिसाको मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायहरूसँग निरन्तर सम्पर्क गरिरहेको र उक्त निकायहरूबाट आवश्यक सहयोग एवं समन्वय भइरहेको छ,’ विज्ञप्तिमा उल्लेख गरेको छ।

साथै दूतावासले अझै केही समस्या भए दूतावासको इमेल [email protected] र हटलाइन न,९१ ८९२९६०१९३५ मा सम्पर्क गर्नसमेत आग्रह गरेको छ। 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस