आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

सशस्त्र प्रहरीका तीन एसएसपी डिआइजीमा बढुवाको सिफारिस

२०८१ फागुन ९, शुक्रबार मा प्रकाशित ( १ साल अघि) १२१५३ पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ फागुन।

सशस्त्र प्रहरी बलका तीन जना वरिष्ठ उपरीक्षक (एसएसपी)प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाको लागी सिफारिस भएका छन्।

गृह मन्त्रालय अन्तर्रगतको समितिको निर्णयले तीन जना एसएसपीलाई बढुवाको लागी सिफारिस गरेको हो। सिफारिसमा पर्नेहरूमा कृष्ण ढकाल, दीपेन्द्र कुँवर र विष्णुप्रसाद भट्ट रहनु भएको छ। यद्यपी समितिले गरेको यस निर्णयमा चित्त नबुझे अन्य उम्मेदवारले सात दिनभित्र उजुरी दिन सक्नेछन्।

तर, फौजी संगठनमा बढुवा(सरुवामा चित्त दुखाएर उजुरी गर्नेहरू खासै नहुने बताईन्छ । तर बरियतामा कृष्णराज पाठक हुन् उनी सबै भन्दा वरिष्ठ एसएसपी भएर पनि बढुवाको लिस्टमा परेका छैनन् । अघिल्लो पटकको बढुवामा समेत उनी छुटेको बताईन्छ।

कुँवर यसअघि पनि एसएसपी बढुवा हुँदा पहिलो नम्बरमा परेका थिए। उनले बढुवामा अस्वाभाविक छलाङ मारेको आरोप लाग्ने गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस