
नारी बाटिका
फुङ्लिङ- ११ फागुन ।
ताप्लेजुङको फुङ्लिङमा राँके जुलुससहित निस्किएका प्रदर्शनकारीबिच भएको झडपमा प्रहरी र प्रदर्शनकारी दुवैेतर्फका १३ घाईते भएका छन् । नो केबलकार पक्षले शनिबार साँझ फुङलिङ बजारमा राँके जुलुस निकाल्ने क्रममा झडप भएको प्रहरीले जनाएको छ।
झडपमा १३जना घाइते भएका छन्। घाईतेमध्य दुईजना गम्भीर अवस्थाका छन् । प्रदर्शकारी धरानका एके दर्नाल र लेलेप बस्ने केसिङ कुमार लिम्बू गम्भीर घाइते भएका प्रहरीले जनाइएको छ । काफ्लेपाटी क्षेत्रबाट फर्किएको समूहले शनिबार बेलुका फुङलिङ बजारमा राँके जुलुस निकालेको थियो।
यसैगरी प्रहरीतर्फ पनि ८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। आन्दोलनकारीले चौतर्फी आक्रमण गर्न थालेपछि अबस्था गम्भीर भएको र सोही क्रममा दुई पक्षबिच झडप भएको प्रहरीको भनाई छ।
झडपपछि त्यस क्षेत्रको अवस्था तनावग्रस्त बनेको थियो । सुरक्षामा खटिका प्रहरीमाथी आक्रमण भएपछी केही प्रहरीहरू सम्पर्कविहीन भएका थिए। त्यसपछी उनीहरूको खोजी कार्य भएको थियो । स्थितिमा तनाव बढ्दै गएपछी आज विहान ५ बजेदेखी स्थानीय प्रशासनले सान्ती सुरक्षाको लागी निषेधआज्ञा जारी गरेको छ ।








प्रतिक्रिया दिनुहोस