
नारी बाटिका
प्युठान- ११ फागुन।
प्युठानमा मृत फेला परेका दम्पत्तीको हत्या भएको रहस्य खुलेको छ । प्युठानको माण्डवी गाउँपालिका– २ रातापानीमा मृत फेला परेका परियार दम्पत्तीको हत्या भएको रहस्य खुलेको हो ।
परियार दम्पतीमाथि घन प्रहार गरी हत्या गरिएको प्यूठान प्रहरीले जनाएको । उक्त घटना मृतकको घरदेखि ५० मिटर पूर्वमा रगत लागेको अवस्थामा घन बरामद गरिएको छ ।
रातापानी बस्ने ६० वर्षीय रामबहादुर परियार र उनकी ५६ वर्षीय श्रीमति हुकुमा परियार शनिबार घरमै मृत फेला परेका थिए । फागुन ९ गते राती घरमा खान खाई सुतेका उनीहरुको बिहान अबेरसम्म नउठे पछि छिमेकीले मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
घनले हानेर दम्पत्तीको शरिरमा गहिरो चोट लागेको प्रहरीले बताएको छ । घटनाको सम्वन्धमा भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएर पहरीले थप अनुसन्धान गरिरहेको छ । मृतकका चार छोराहरु भारतमा रहेको र छोरीहरुको विवाह भइसकेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस