
नारी बाटिका
ढोरपाटन- १३ फागुन ।
बागलुङमा पिकअप जिप दुर्घटना हुँदा दुईको मृत्यु भएको छ भने पाँचजना घाइते भएका छन् ।
बागलुङ जिल्लाको बडिगाड गाउँपालिक–७ भिमगिठेदेखि यात्रु बोकेर वडा नं. १० दर्लिङतर्फ जाँदै गरेको लु ३ च ५५६९ नम्बरको जिप सोमबार साँझ दुर्घटनामा परी दुईजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा निसीखोला गाउँपालिका–७ चोलाङ बस्ने ७५ वर्षीय खड्कबहादुर कुवँर र ढोरपाटन नगरपालिका ५ बस्ने ३५ वर्षीया जुना कँडेलको मृत्यु भएको हो । त्यस्तै जिप दर्घटनामा पाँचजना घाईते भएका छन् ।
सार्कीपाटा भन्ने स्थानको उकालोमा जिपले तान्न नसकेर समस्या भएपछि रोकेर ओत लगाउने क्रममा उक्त जिप ब्याक भएर दुर्घटना भएको जनाइएको छ ।घाईते हुनेमा बडिगाड–९ बस्ने ६३ वर्षीया तेजकुमारी बुढा, सोही गाउँका ५० वर्षीया निमसरा बुढा, ५२ वर्षीया थमकुमारी पौडेल र ३० वर्षीया सीता पौडेल रहेका छन् ।
मृतकमध्ये एक जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायक उपरीक्ष विजय यादवले बताएका छन् ।घाइतेमध्ये तेजकुमारी बुढालाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ भने अन्य घाइतेको बुर्तिबाङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेकाहरूको प्रहरी र स्थानीय बासिन्दालगायतले उद्धार गरेका थिए । जिपमा १२ जना सवार रहे पनि अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस