
नारी बाटिका

धादिङ १३ फागुन ।
धादिङको थाक्रे गाउँपालिका २ हुलाकडाडामा मालबाहक ट्रक दुर्घटना हुंदा चालक घाईते भएका छन् । आज विहान करिव ६ः२० बजेको समयमा धादिङको थाक्रे गाउँपालिका २ हुलाकडाडा स्थित पृथ्वीराजमार्गमा बिरगण्जबाट काठमाण्डौ तर्फ आउँदै गरेको खाधान्न बोकेको मधेश प्रदेश.०३००२ ख १८६८ नं.को १२ चक्के ट्रक आफै अनियन्त्रीत भई दुर्घटनामा परेको हो ।
उक्त ट्रक सडकबाट अं ३० मिटर तल खस्न गई सवारी दुर्घटना हुंदा ट्रक चालक दोलखा जिल्ला मेलुङ गाउँपालिका ६ बस्ने बर्ष ४५ का रमेश श्रेष्ठ घाईते भएका छन् । घार्यते चालकलाई उपचरको लागी टाईम्स केयर अस्पताल महादेववेशी पठाईएको,टाउकोमा चोट,अवस्था सामान्य, रहेको प्र. चौ. महादेववेशीले जनाएको छ ।
साथै घटना स्थलमा प्र.ना.नि.धन बहादुर बिष्टको कमाण्डमा टोली खटि गई उद्धार गरेको थियो । दुर्घटना भएको ट्रक घटना स्थलमैसो क्षेत्रमा रहेको र बाटो अवरोध नभएको बताईएको छ भने घटना महादेववेशी प्रहरी चौकीबाट अं. २ कि. पश्चिम तर्फ पर्ने बताईएको छ ।








प्रतिक्रिया दिनुहोस