
नारी बाटिका
काठमाडौं १५ फागुन ।
पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावका कारण देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भएको छ। अहिले विहानसम्म तराईका केही भागमा हुस्सु तथा कुहिरो लागेको छ। बाँकी भागमा भने मौसम सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहनेछ। आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाएको छ।
बिहिबार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहनेछ।
सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा र देशका केही पहाडी भूभागमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना महाशाखाले जनाएको छ।
साथै आज सुदूरपश्चिम र कर्णाली प्रदेशका केही र देशका बाँकी पहाडी भूभागका थोरै स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही र अन्य प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहने जनाएको छ।








प्रतिक्रिया दिनुहोस