
नारी बाटिका
सिन्धुपाल्चोक १७ फागुन ।
सुक्रबार राति सिन्धुपाल्चोकमा गएको शक्तिशाली भूकम्पबाट धेरै जिल्लामा धक्का महसुस गरिएको थियो । यद्यपी उक्त भुकम्पले सात जिल्लामा केही असर पु¥याएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रधान कार्यालयले जनाए अनुसार भूकम्पका कारण सिन्धुपाल्चोक, भोजपुर, काठमाडौँ, दोलखा, सङ्खुवासभा, म्याग्दी र धादिङमा गरी ६ जना घाइते हुनुका साथै केही घरमा क्षति भएको जनाएको छ। ।
उक्त भुकम्पले सात जिल्लामा कूल एक पूर्ण र तीन आंशिक गरी चार घर तथा एउटा गोठमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको कोदारीमा एक प्रहरी कार्यालयमा पनि आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।
भुकम्पले काठमाडौँमा दुई जना घाईते, सङ्खुवासभामा दुई घरमा क्षति पुगेको छ । सिन्धुपाल्चोकमा एक कैदी घाइते भएका छन् । त्यस्तै तीन परिवार विस्थापित भएका प्रहरी प्रधान कार्यलयले सार्वजनिक गरेको सुचनामा उल्लेख गरिएको छ ।
साथै सुक्रबार साँझसम्म प्राप्त विवरण अनुसार १३ वटा घटना भएका छन् । सुक्रबार बिहान २ बजेर ५१ मिनेटमा भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का देशका धेरै जिल्लामा महसुस गरिएको थियो ।








प्रतिक्रिया दिनुहोस