
नारी बाटिका
जुम्ला १७ फागुन।
जुम्लाको नाग्म गमगडीमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । सुक्रबारदेखीको लगातारको वर्षा र हिमपातपछि मुगुलाई कर्णाली राजमार्गमा जोड्ने र रारा जाने पर्यटकीय क्षेत्र अवरुद्ध भएको हो । दुई दिनदेखीको वर्षा र हिमपातले नाग्म(गमगडि सडक खण्डको भुलभुले क्षेत्रमा पहिरो खसेको छ भने सात मोड क्षेत्रमा बाक्लो हिउँ जमेपछि सडक अवरुद्ध भएको छ ।
हिमपात र वर्षाले भूलभूले क्षेत्रमा पहिरो खसेर सडक अवरुद्ध भएको छ। सात मोडमा बाक्लो हिउँ जमेर सवारी आवागमन रोकिएपछी हिउँ र पहिरो पन्छाउन मेसिन सहित जनशक्ति खटिएका सडक डिभिजन कार्यलय जुम्लाले जनाएको छ।
सडक डिभिजन कार्यलयको अनुसार अवरुद्ध हटाउने काम जारी छ । वर्षा र हिमपात फेरि भएमा केही असहज हुन सक्छ। गत वर्षको हिमपातको समयमा नाग्म(गमगडी सडक प्राय अबरुद्ध हुने गरेको छ । उक्त क्षेत्रमा लेन्थ वर्कर,डोजर लगायतका जनशक्ति तैथान राखेको डिभिजन प्रमुख चौधरीले बताउनु भयो ।








प्रतिक्रिया दिनुहोस