नारी बाटिका
बैतडी -१८ फागुन।
दाजुभाइबीचमा लेनदेनको कुरामा विवाद भएपछी दाजुले प्रहार गरेको गोली लागी भाईको मृत्यु भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिका–८ कालागाउँ चौसिलामा दाजुले प्रहार गरेको गोली लागेर २२ वर्षीय भाई सुरेन्द्र विष्टको मृत्यु भएको हो ।
गोली प्रहारबाट गम्भीर घाइते भएका सुरेन्द्रको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको बैतडी जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।
सुरेन्द्रलाई दाजु नाता पर्ने ४० वर्षीय कर्णबहादुर विष्टले गए राति गोली प्रहार गरेका हुन्। शनिबार राति करिब ८ बजे लेनदेनका विषयमा कर्णबहादुर र सुरेन्द्रबीच विवाद भएको थियो ।
दुईजना बिचमा कर्णबहादुरले सुरेन्द्रमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक बडूले बताए ।गोली प्रहार गर्ने कर्णबहादुर फरार भएका छन् । उनको खोजी कार्य भईरहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस