आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

चट्याङ लागेर तीन घाइते, एक जनाको अवस्था गम्भीर

२०८१ फागुन १८, आईतबार मा प्रकाशित ( १ साल अघि) ११६८८ पटक पढिएको
नारी बाटिका


काठमाडौं १८ फागुन।

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा शनिबार साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन्। साथै घाईतेमध्य एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।

सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार चट्याङ लागेर हरिहरपुरगढी गाउँपालिका–१ निवासी ५२ वर्षीया सुकुमाया मोक्तान, ६५ वर्षीय महन्त रुम्बा र २६ वर्षीया फुलमाया रुम्बा घाइते भएका छन्।

घाइतेमध्ये सुकुमायाको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। घाइते महन्त र फुलमायाको स्थानीय मेडिकल गुर्जीमा उपचार भइरहेको छ। गम्भिर घाईते सुकुमायालाई थप उपचारका लागि हेटौँडा तर्फ अस्पताल पठाइएको छ।

सो ठाउँमा शनिबार साँझ हावाहुरी र बर्सातसहितको चट्याङ परेको थियो। हावाहुरीका कारण विभिन्न स्थानमा बिजुलीका तार र खम्बाहरूमा समेत क्षति पुगेकाले बिजुली अवरुद्ध भएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस