
नारी बाटिका
काठमाडौं १९ फागुन।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पुर्व प्रधानमन्त्रीजी पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव दिएका छन्।
आइतवार धनुषामा जनतासँग माओवादी तराई(मधेश जागरण सभालाई सम्बोधन गर्नु हुंदै उहाँले प्रधानमन्त्रीजी,यु आर फेल‚ पद छोड्नुस्” भनेका हुन् । उहाँले सरकारको काम कारबाहीमा टिप्पणीसमेत गर्दै सरकार सञ्चालन गरेयता प्रधानमन्त्री ओलीले उत्तीर्णाङ्क समेत गुमाएको धारणा राख्नु भएको छ ।
नेता प्रचण्डले भन्नु भएको छ वली जी ‘; तपाईँ सरकार सन्चालन गर्न सक्षम हुनुहुन्न त्यसैले राजीनामा दिन आग्रह गर्दछु “। त्यसैगरी प्रधानमन्त्री ओलीले शिक्षकमाथि गाली गरेको भन्दै आफैँ अनुत्तीर्ण हुने अनि शिक्षकलाई गाली गर्ने भन्दै प्रश्नसमेत गर्नु भयो ।
यसैगरी मन्त्रिपरिषद्को कार्य सम्पादनमा प्रधानमन्त्री ओलीले २८ प्रतिशत मात्रै ल्याएको उल्लेख गर्दै अनुत्तीर्ण भएपछि पनि किन पदमा बसिरहेको ? भन्दै चुनौती दिनु भयो। शिक्षकलाई गाली गर्न छोडेर स्वमूल्यांकन गरेर प्रधानमन्त्री छोड्न उहाँको सुझाव छ।
प्रचण्डले भन्नु भयो ‘तपाईंले सबैको कुरा सुन्नु नै भयो होला ? प्रधानमन्त्री वलीले मास्टरलाई गाली गरे भनेर ? ४८ प्रतिशत मात्रै पास गराउने टिचरलाई केको सुविधा ? भनेर अझ मास्टरलाई गाली गरेको कुरा ? ।
राज्यले उचित बजेट दिनुछैन? व्यवस्थापन पनि गर्नुछैन? अझ शिक्षक र कर्मचारीलाई गाली गर्ने प्रधानमन्त्रीको बुद्धि ?।
म के भन्न चाहन्छु भने ; प्रधानमन्त्रीजी ” तपाईंको क्याबिनेटको कार्य सम्पादन मूल्यांकनमा तपाईं २८ प्रतिशतमा पर्नु भएको छ। तपाईं त फेल नै हुनु भएको छ। किन बसिराखेको प्रधानमन्त्रीमा ?
तपाईंले शिक्षकलाई गाली गर्न मिल्छ ?। तपाईंका मन्त्रीहरूको कोहीको १८, कसैको २१ प्रतिशत छ। तपाईंको २८ छ।
त्यसैले प्रधानमन्त्री वली जी यु आर फेल ??। आफ्नो मूल्यांकन गरेर प्रधानमन्त्री छोड्नु उचित हुन्छ तपाईंले। होइन भने जनताले तपाईंको नौटंकी हेरिरहेका छन्।’ नेता प्रचण्डको भनाई रहेको छ ।
प्रचण्डले नेपाली नागरिकमाथि वर्तमान सरकारले केही महिनाभित्रै ३ खर्ब ऋण बोकाएको आरोप लगाए।







प्रतिक्रिया दिनुहोस