
काठमाडौं- २१ फागुन ।
कारखानाबाट १२० थान खुकुरी चोरी गर्ने धादिङका राजकुमारसहित तीनजनालाई काठमाडौं प्रहरी परिसरले पक्राउ गरेको छ । उनीहरुलाई खुकुरी चोरीको आरोपमा धादिङको धुनिबेशी नगरपालिका ५ बस्ने २७ वर्षीय राजकुमार तामाङसहित अन्य २ जना पक्राउ परेका हुन्।
अन्य २ जना रौतहटको रघुनाथपुर नगरपालिका–९ का ३३ वर्षीय शेख जफ्रे आलम र चपुर नगरपालिका(९ का २३ वर्षीय लाल मोहमद देवान रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी एवं् प्रवक्ता अपिलराज बोहोराले बताउनु भयो ।
उनीहरुलाई प्रहरी वृत्त स्वयम्भूको टोलीले पक्राउ गरेको हो । उनीहरुले काठमाडौंको सीतापाइलास्थित भेषबहादुर कामीले सञ्चालन गरेको कारखानाबाट १२० थान खुकुरी चोरी गरेका थिए।पक्राउको क्रममा उनीहरुको साथबाट प्रहरीले ४५ थान खुकुरी बरामद गरेको छ ।
प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर उनीहरुविरुद्ध अनुसन्धान अघि बढाइएको छ ।












प्रतिक्रिया दिनुहोस