आज:  | Wed, 30, Apr, 2025

बेनिघाट रोराङमा सुख्खा पहिरो खस्दा एकतर्फी सडक अवरुद्ध

२२ फाल्गुन २०८१, बिहीबार १४:१४ मा प्रकाशित ( १ महिना अघि) ४६८२ पटक पढिएको
नारी बाटिका



धादिङ- २२ फागुन ।

धादिङको बेनिघाट रोराङ गाउँपालिका ५ मा सुख्खा पहिरो खस्दा एकतर्फी सडक अवरुद्ध भएको छ । आज दिनको अं.१२ः४५ बजेको समयमा बेनिघाट रोराङ गाउँपालिका ५ बादरे मोड स्थित पृथ्वी राजमार्गमा माथिबाट सुख्खा पहिरो खसेपछी एका तर्फको सडक संन्चालनमा अवरुद्ध भएको हो ।

सुख्खा पहिरो खसी एका तर्फकोे यातायात सुचारु रहेको छ भने अर्को तर्फको सडक सुचारु गर्न पहिरो हटाउने कार्य १ बजेबाट भईरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रहरी उपरिक्षक तथा सुचना अधिकारी सुवास हमालले जानकारी दिनु भयो ।

उक्त स्थानमा ईलाका प्रहरी कार्यलय बेनिघाटबाट प्र.स.नि. सुवास राईको कमाण्डमा खटिएको टोलीले पहिरो पन्छाउने कार्य भईरहेको सुचना अधिकारी हमालले बताउनु भएको छ । पहिरो खसेको स्थान ईलाका प्रहरी कार्यलय बेनिघाटबाट करिव डेढ कि.मी. पुर्वमा पर्दछ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस