आज:  | Wed, 30, Apr, 2025

गाडीले ठक्कर दिँदा पेटीमा बसीरहेका दिदी बहिनीको ज्यान लियो

२३ फाल्गुन २०८१, शुक्रबार ०७:३३ मा प्रकाशित ( १ महिना अघि) ३६२८ पटक पढिएको
नारी बाटिका


उदयपुर २३ फागुन ।

अल्लारे चालकले चलाएको फर्निचर बोक्ने गाडीले ठक्कर दिँदा उदयपुरमा एकै पटक दिदी बहिनीको ज्यान लिएको छ । बिहीबार साँझ उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं. १२ डिएम गेट नजिकै भएको घटनामा बोलेरो (गाडी)ले ठक्कर दिएर एकै घरका दिदी बहिनीको ज्यान लिएको हो ।

गाईघाटस्थित त्रियुगा नपा ११ हिमाली टोलमा रहेको हिमशिखर फर्निचर उद्योगको प्र १ ०५ ००१ च् ००९१ नंम्बरको बोलेरो गाडीले ब्रेक फेल हुंदा डिएम गेटबाट बस पार्कतिर जाने भित्री सडकमा अनियन्त्रित भएर घरको पेटीमा बसिरहेका दिदी बहिनीलाई ठक्कर दिंदा दुबैको ज्यान गएको थियो ।

घटनापछी उक्त गाडीका सवारी चालक त्रियुगा नपा ९ बस्ने वर्ष १८ को निर्जल कटुवाललाई र सवारी साधन अहिले प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाए अनुसार घटनामा परेका सप्तरी जिल्लाको राजविराज घर भएका ललन दासको १४ वर्षकी छोरी अनु कुमारी र १२ वर्षकी अर्की छोरी देवी कुमारी दुबैको ज्यान गएपछि परिवारहरु अहिले अर्धचेत अवस्थामा छन् ।

सो सवारी दुर्घटनामा परी बहिनी देवीको घटनास्थलमै मृत्यु भएको थियो भने दिदीअनुको उपचारका लागि जिल्ला अस्पताल लगेपछि डाक्टरले मृत घोषणा गरेको थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस