आज: २०८३ जेष्ठ २५, सोमबार | Mon, 08, Jun, 2026

चिनको तिब्बतमा गएको भूकम्पको धक्का काठमाडौँमा पनि महसुस

२०८१ फागुन २४, शनिबार मा प्रकाशित ( १ साल अघि) १३३९३ पटक पढिएको
नारी बाटिका


काठमाडौं –२४ फागुन ।

आज दिउँसो चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का नेपालका विभिन्न भागमा महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार अपराह्न १४ः३५ बजे तिब्बत स्थितलाई केन्द्र भएर ५ दशमलव ९ रिक्टर स्केलको भूकम्प गएको हो। यसअघि गत पुस २३ मा पनि चिनको सोही स्थानलाई केन्द्रबिन्दु बनाएर ७ रिक्टर स्केलको भूकम्प भएको थियो।

आज बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानी केन्द्रबिन्दु भई ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको केन्द्रले जनाएको छ। साथै आजै बिहान ०३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रबिन्दु भएको ४ रिक्टरको भूकम्प गएको छ।

उक्त भुकम्पले कहाँ कति क्षति बनायो सो को विस्तृत विवरण भने प्राप्त हुन बाँकी छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस