

काठमाडौं २५ फागुन ।
पूर्व राजा ज्ञानेन्द्र शमह आज पोखरादेखि काठमाडौं आउने भएपछि त्रिभुवन विमानस्थलमा बिहानै देखी सुरक्षा व्यवस्थापनमा कडाई पारिएको छ। आईतबार विहानैदेखी हवाई टिकट भएका यात्रु र स्टाफ बाहेक अन्य यात्रीहरलाई एयरपोर्ट छिर्न निषेध गरिएको बताईएको छ।
त्येसैगरी विमानस्थल प्रवेश गर्ने गेटबाटै सडक एकतर्फी बनाइएको छ । बाहिर निस्कन गेटको प्रयोग गर्न दिइएको छ भने बाहिर निस्कनको लागि एराइभरबाट पठाइएको छ ।
विमानस्थल आसपासका क्षेत्रमा ठूलो संख्यामा प्रहरी परिचालन गरी सुरक्षा व्यवस्था कडा बनाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह आज ३ बजे पोखरा हवाइमार्गबाट काठमाडौं आउँदै हुनुहुन्छ ।
पुर्वराजा आउने भएपछी उहाँका स्वागतका लागी राप्रपा र राप्रपा नेपाल लगायतका राजावादी संघ संस्थाहरुबाट विमानस्थल जाने तयारी गरिएको छ












प्रतिक्रिया दिनुहोस