
नारी बाटिका
कालीकोट २९ फागुन।
कालीकोटको चौकी गाउँमा एक किशोरको हत्या भएको छ ।
कालीकोटको खाँडाचक्र नगरपालिका–१०स्थित चौकी भन्ने गाउँमा एक १७ वर्षिय किशोरको हत्या भएको छ । बुधबार राती हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो ।
दुई समूहबीच झगडा हुँदा १६ वर्षीय भूपेन्द्र शाही घाइते भएका छन् । झगडामा खुकुरी प्रहार भएको थियो । सोही घटनामा परी शाहीको मृत्यु भएको हो ।
घटना स्थल सदरमुकाम मान्मबाट ३५ किमी टाढा पर्दछ । चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटना स्थलमा पुगी घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
पाँचैजना पक्राउ परेका व्यक्तिहरु सबै १८ वर्षमुनिका छन्। मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यलयका सूचना अधिकारी कृष्ण केसीले बताए । साथै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस