आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

बारीमा उम्रिएको च्याउ खाएर बिरामी परेका १० मध्य एकको मृत्यु

२०८१ चैत्र ५, मंगलबार मा प्रकाशित ( १२ महिना अघि) ८१८५ पटक पढिएको
नारी बाटिका


तनहुँ- ५ चैत ।

तनहुँको व्यास नगरपालिका- ६ शान्तिटोलमा बारीमा उम्रिएको च्याउ खाँदा एकजनाको मृत्यु भएको छ । म्याग्दे गाउँपालिका( ६ सर्वलाङका ३० वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले तनहुँले जनाएको छ।

च्याउ खाएर बिरामी परेका मगरसहित अन्य १० जनालाई गत शुक्रबार राति पोखरामा उपचारका लागी अस्पताल भर्ना गरिएको थियो । मगरको उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए।

प्रहरीका अनुसार बिरामी परेका नौ जनाको अवस्था खतरामुक्त रहेको बताएको छ। उनीहरु सबैले बारीमा उम्रिएको च्याउ खाँदा शुक्रबार १० जना बिरामी परेका हुन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस