आज: २०८२ फागुन ३०, शनिबार | Sat, 14, Mar, 2026

आजको मौसम : देशका पाँच प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

२०८१ चैत्र ९, शनिबार मा प्रकाशित ( ११ महिना अघि) १३४२४ पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ चैत ।

हाल नेपालमा पश्चिमी बायुको साथै स्थानीय बायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले आज कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश ,लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू लगायत बाँकी भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै शनिबार देशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राती कोशी, मधेश प्रदेश लगायत पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रहनेछ । बाँकी भू(भागमा भने आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

त्यसैगरी कोशी प्रदेश र मधेश प्रदेशका केही स्थानहरू र बाँकी पहाडी भू(भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा पनि हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।

कोशी,मधेश,गण्डकी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुने र उच्च पहाडी तथा हिमाली भू(भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोे बताईएको छ ।

जसका कारण सो क्षेत्रमा दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपाय तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस