
नारी बाटिका
खोटाङ ९ चैत ।
खोटाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । मृत्य हुनेमा सोही जिल्लाको केपिलासगढी गाउँपालिका–७ सुङ्देल गुल्टेनस्थित ४५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको हो । यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कमा आफ्नै घरको बार्दलीमा बसेरिकी २१ महिने शिशु अनुसोया पोखरेलको लडेर मृत्यु भएको हो।
आज बिहान अन्दाजी ४ बजेतिर चट्याङ लाग्दा दिलकुमारी राईको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिनु भयो । यसैगरी, आफ्नै घरको बार्दलीमा बसिरहेकी २१ महिने शिशुको लडेर गम्भीर घाइते भएपछी उनको उपचारका लागि काठमाडौं लाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले बताएको छ ।








प्रतिक्रिया दिनुहोस