आज: २०८३ अषाढ १३, शनिबार | Sat, 27, Jun, 2026

महोत्तरीमा एक पुरुषको वीभत्स हत्या

२०८१ चैत्र १०, आईतबार मा प्रकाशित ( १ साल अघि) १३५१७ पटक पढिएको
नारी बाटिका


महोत्तरी १० चैत ।

महोत्तरीमा एक पुरुषको वीभत्स तरिकाले हत्या भएको छ।

जिल्लाको गौशाला नगरपालिका(८मा रहेको सागरनाथ वन विकास परियोजनाको जंगलमा रहेको रेलवे ट्र्याक भन्दा एक सय मिटर टाढा शव फेला परेको हो।
मृतक पुरुषको शव शुक्रबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रहरीका अनुसार मृतक धनुषा क्षिरेश्वर नगरपालिका(८ दिगम्बरपुरका शिवशंकर महतो हुन्। महतोको शव विभत्स रूपमा हत्या गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीले महतोको हत्या घटनाबारे थप अनुसन्धान गरी रहेएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस