आज: २०८३ भाद्र ९, मंगलबार | Tue, 25, Aug, 2026

आज अन्तर्राष्ट्रिय दासता विरुद्धको दिवस

२०८१ चैत्र १२, मंगलबार मा प्रकाशित ( १ साल अघि) १५९९७ पटक पढिएको
नारी बाटिका


कुनैपनि मानिसलाई दासका रुपमा प्रयोग गर्न नपाईने

काठमाडौं १२ चैत ।

हरेक वर्ष मनाईने दासत्व र ‘ट्रान्स एटलान्टिक’ दास व्यापारपीडितहरूको अन्तर्राष्ट्रिय स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाईँदै छ । सन् १८०७ मा संयुक्त अधिराज्यमा दास व्यापार उन्मूलन ऐन पारित भएको सम्झनामा सन् २००७ देखि संयुक्त राष्ट्रसंघको आह्वानमा यो दिवस मनाउन थालिएको हो।

विशेषगरी यस दिवस अफ्रिकी मुलुकहरूबाट श्रमका लागि संयुक्त अधिराज्य, अमेरिका लगायत विकसित देशहरुले मानिसलाई कामदारभन्दा पनि दासका रूपमा लगी दास बनाउने गरेकाले त्यसको उन्मूलन गर्न अन्तर्राष्ट्रिय रुप मै ऐन पारित भएको सम्झना तथा सधैँ काममा जोतिनुपरेका श्रमिकको सम्मानका लागी यो दिवस मनाउन थालिएको हो।

अन्तर्राष्ट्रियस्तरमै पारित गरिएको उक्त दासताबाट मुक्त गर्न बनेका ऐनले कुनै पनि व्यक्तिलाई दासका रूपमा बेच्न, स्थानान्तरण गराई दासका रूपमा प्रयोग गर्न, खरिद बिक्री र विनिमयलाई पूर्ण रूपमा निषेध गरेको छ । विश्वभरका श्रमिकलाई ससम्मान पारिश्रमिक सहित काममा लगाउनु पर्नेछ भन्ने कुरा यस दिवसले जोड दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस