
नारी बाटिका
सिरहा १२ चैत ।
सिरहामा एक बालिकाको बोराभित्र शव फेला परेको छ।
गोलवजार नगरपालिका-९ गोविन्दपुरकी १३ वर्षिय गुलशना खातुनको लास बोराभित्र प्याक गरेको अवस्थामा घुर्मी खोलाको किनारमा झारिभित्र शव फेला परेको हो।
बालिका खातुन गत फागुन २९ गतेदेखि हराइ रहेकी थिइन् । आज मंलवार उनको शव बोराभित्र पोका पारेर फालिएको अवस्थामा फेला परेको हो ।
शंकापद अबस्थामा भेटिएको शव गुलशना कै हो भनेर अहिले एकिन हुन नभैइसकेको भएतापनि तर उनकै हो भनेर आशंका भने स्थानीयले गरेका छन् ।
घुर्मी खोलाकिनारमा बोराभित्र कङ्काल फेला परेको छ। सो कङ्काल गुलशाना कै हो भनेर यकिन गर्न पोस्टमार्टम गराउन पठाउन लागिएको ईलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी पञ्चकुमार बाखुले बताउनु भयो।
गुलशना खातुन स्थानीय सामुदायिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिईन् । उनी फागुन २९ गते बिहान ९ बजे घर बाहिर निस्केकी थिइन् । त्यसपछि उनी सम्पर्क बिहिन अवस्था थियो । हालसम्म कहाँ छिन् ? केही पतो लागेको थिएन।
छोरी हराएपछि गुलशनाकी आमा जाहेदा खातुनले इलाका प्रहरी कार्यालय मिर्चैयामा चैत १ गते खोजतलास गरी दिन हुलिया सहित निवेदन दिएकी दिइन् ।








प्रतिक्रिया दिनुहोस