आज: २०८२ माघ ८, बिहिबार | Thu, 22, Jan, 2026

मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किएर दुर्घटना हुंदा एकको मृत्यु

२०८१ चैत्र १५, शुक्रबार मा प्रकाशित ( १0 महिना अघि) १०५१० पटक पढिएको
नारी बाटिका


मकवानपुर १५ चैत ।

आज विहान मकवानपुरमा बस र म्याजिक भ्यान ठोक्किएर एक जनाको मृत्यु भएको छ ।

चितवनबाट हेटौडा तर्फ आउँदै गरेको बा.प्र. ०३–००६ ख ५६८१ नम्बरको बस र मनहरीबाट चितवन तर्फ जाँदै गरेको बा.प्र.०३–००१ च ३०१२ को म्याजिक भ्यान मकवानपुरको मनहरी गाउँपालिका–६ मनहरीमा एक आपसमा ठोक्किए दुर्घटना हुँदा म्याजिक गाडी चालकको मृत्यु भएको हो।

दुर्घटनामा परी मकवानपुर राक्सिराङ गाउँपालिका– ४ का चालक सन्देश कोइरालाको चितवन नयाँ मेडिकल कलेज भरतपुरमा निधन भएको मकवानपुर प्रहरीले जनाएको छ। बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस