

धादिङ १६ चैत ।
पत्रकार सुरेश रजकको जिउँदै जलाएर हत्या गरिएको प्रकरणमा नेपाल पत्रकार महासंघ धादिङ शाखाले घोर निन्दाको साथ आज विरोधसभा गरेको छ ।
एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजकले सुक्रबार काठमाडौंको तिनकुनेमा भएको राजावादीको आन्दोलनको समाचार आफ्नै घरको झ्यालबाट प्रशारण गर्ने क्रममा
आन्दोलनकारीले जिउदैँ जलाएर हत्या गरिएको घटनाको देशभरमा रहेका संन्चार गृह र पत्रकारहरुले घोर निन्दा गरेका छन् ।
साथै ड्युटीमा खटिएका एक कतव्यनिष्ठ पत्रकार सुरेश रजकको हत्यारालाई
हदैसम्मको कारबाहीको माग गर्दै
नेपाल पत्रकार महासंघ धादिङ शाखाले आज पदर्शन गरेको हो । 
पत्रकार महासंघ धादिङद्वारा आयोजित शोकसभा तथा विरोध प्रर्दशन कार्यक्रममा
धादिङमा कार्यरत विभिन्न मिडिका पत्रकारहरु तथा
संन्चार गृह्रको सहभागिता रहेको थियो । 















प्रतिक्रिया दिनुहोस