आज: २०८२ फागुन ४, सोमबार | Mon, 16, Feb, 2026

राप्रपा नेता मिश्र, राणा लगायतलाई आज अदालतमा हाजिर

२०८१ चैत्र १७, आईतबार मा प्रकाशित ( १0 महिना अघि) ११८१२ पटक पढिएको
नारी बाटिका


काठमाडौं १७ चैत।

राजावादी समुहले शुक्रवार काठमाडौंमा आयोजना गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेकाहरुमाथी पक्राउ गरी मुद्धा चलाइने भएको छ ।

सरकारले शुक्रबार राती पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायतलाई आज अदालतमा उपस्थित गराई उनिहरु विरुद्धमा मुद्धा चलाउन लागिएको हो ।

राप्रपाका दुई नेता, स्वागत नेपाल, पुष्कर खतिवडा लगायतलाई अहिले म्याद थपका लागि अदालत लगिएको छ ।

मिश्र, राणा र स्वागत नेपाल गत शुक्रबार राती पक्राउ परेका हुन् । त्यस्तै धार्मिक गुरु भनिने पुष्कर खतिवडा शनिबार पक्राउ परेका छन् ।

खतिवडालाई पनि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरी काठमाडौं प्रहरी परिसरको जिम्मा लगाएकको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस