आज: २०८३ भाद्र ७, आईतबार | Sun, 23, Aug, 2026

प्रतिनिधि सभा सदस्य तथा राप्रपा सांसद दीपक बोहराको निधन

२०८१ चैत्र १९, मंगलबार मा प्रकाशित ( १ साल अघि) १३१७६ पटक पढिएको
नारी बाटिका


काठमाडौं १९ चैत।

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रतिनिधि सभा सदस्य दीपक बोहराको निधन भएको छ। बोहराको उपचारका क्रममा मंगलबार काठमाडौंको ओम अस्पतालमा निधन भएको हो।

आज सांसद बोहराको निधन भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् । उनी २०७९ मंसिरमा सम्पन्न निर्वाचनमा रूपन्देही क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए।

बोहोराले गत निर्वाचनमा तत्कालीन गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई हराएका थिए। सांसद बोहरा दुई वर्षदेखि बिरामी थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस