आज:  | Mon, 16, Jun, 2025

दुबै दिन सार्वजनिक बिदा परेकोले रविलाई सोमवारसम्म प्रहरी हिरासतमै राखिने

२२ चैत्र २०८१, शनिबार १६:१३ मा प्रकाशित ( २ महिना अघि) ३५३५ पटक पढिएको
नारी बाटिका


भैरहवा २३ चैत ।

आज र भाली दुबै दिन सार्वजनिक बिदा भएकाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई सोमवारसम्म जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिने प्रहरीले जनाएको छ।

सञ्चारकर्मीसंग कुरा गर्दै प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले दिएको जानकारी अनुसार शनिवार र आइतबार सार्वजनिक बिदा परेकाले लामिछानेलाई सोमवारसम्म प्रहरी हिरासतमा राखिने भएको हो ।

उहाँ शोमबारसम्म प्रहरी हिरासतमा रहनु हुन्छ, बिदा खुल्ने बितिक्कै पहिला उहाँलाई  अदालतमा पेस गरेर मात्रै कारागार पठाउने तयारी रहेको प्रहरीले जनाएको छ।’ ।

सहकारीको रकम अपचलन गरेको कसुरमा यसअघि पक्राउ परी पुर्पक्षमा कारागारमा रहेका सुप्रिम सहकारीका अध्यक्ष ओम गुरूङलाई भैरहवा जिल्ला कारागारको बल्क नं. १ मा राखिएको छ भने छविलाल जोशीलाई सोही कारागारको ब्लक नं. २ मा राखिएको छ ।

सोमबारदेखि रवि र छविलाई एउटै ब्लकमा राख्ने गरी तयारी भइरहेको कारागार स्रोतले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस