
काठमाडौं २५ चैत ।
कलाकार एनी कुँवरलाई आज प्रहरीले पक्राउ गरेको छ ।
तीनकुनेको घटनासंग नाम जोडिएकी अभिनेत्री एनी कुँवरलाई शोमबार प्रहरीले पक्राउ गरेको हो । चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनबारे अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले कुँवरलाई आज नियन्त्रणमा लिएको हो ।
उनलाई ललितपुरबाट पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका प्रहरी उपरीक्षक अङ्गुर जिसीले जानकारी दिनु भयो । कुँवरले भने, “पत्रकार सुरेश रजक जलेको घरमा निज कुँवर सिसिटिभी फुटेजमार्फत देखा परेको र त्यस घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो ।
बिना अनुमति कसैको घरमा पस्नुलाई कानुनले गलत मानिएको छ ।”












प्रतिक्रिया दिनुहोस