आज: २०८२ आश्विन ३, शुक्रबार | Fri, 19, Sep, 2025

हजुर आमासँग नदीमा गएका एकै घरका दिदीभाइ नै डुबेर बेपत्ता

२०८१ चैत्र २७, बुधबार मा प्रकाशित ( ५ महिना अघि) ७५९६ पटक पढिएको
नारी बाटिका


नवलपरासी २७ चैत।

नारायणी नदीमा डुबेर दुई जना बेपत्ता भएका छन् । नवलपरासीको बर्दघाट(सुस्तापूर्व(को गैँडाकोट–१ नजिक नारायणी नदीमा डुबेर मंगलबार साँझ दिदीभाइ बेपत्ता भएका प्रहरीले जनाएको छ ।

वेपत्ता हुनेमा गैँडाकोट–१ का विष्णु सेर्पुञ्जाकी छोरी १३ वर्षीया दीक्षा सेर्पुञ्जा र नौ वर्षीय स्वप्निल सेर्पुञ्जा नदी डुबेर बेपत्ता भएका इलाका प्रहरी कार्यालय गैँडाकोटका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक सानुकाजी विष्टले जानकारी दिए ।

“हजुरआमा सुनमाया कुमालसँग दुबै बालबालिका नदीमा नुहाएर फर्किने क्रममा हजुरआमाको चप्पल छुटेर लिन जाँदा नदीमा डुबेर बेपत्ता भएका हुन्”, ,प्रहरीको अनुसार भाइ नदीमा डुबेपछि दिदीले उद्धार गर्न खोज्दा दिदी पनि बेपत्ता भएको जानकारी दिए ।

बेपत्ता भएका दुवै बालबालिकाका खोजी भइरहेको प्रहरीले जनाएको छ । तर प्रहरीसँग गोताखोर नभएकाले खोजीमा कार्यसमेत असहज भएको थियो भने मंगरबार साँझसम्म दुबैजना फेला परेका छैनन् । साथै आज विहानैदेखी खोजीकार्यको लागी गोताखोरको टोलीसहित खोजी गरिने प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस