
एजेन्सी २९ चैत।
स्पेनबाट पर्यटकहरूलाई बोकेर अमेरिका तर्फ उडेको हेलिकप्टर न्युयोर्कको हडसन नदीमा दुर्घटना हुंदा ६ जनाको मृत्यु भएको छ । न्यूयोर्कका अधिकारीहरुले जनाए अनुसार मृत्यु हुनेहरुमा तीन बच्चा, तीन वयस्क रहेका छन् ।
दुर्घटना भएको हेलिकोप्टरमा स्पेनबाट आएको एकै परिवारका सदस्य र पाइलट रहेको अधिकारीहरुले जनाएका छन् । घटनास्थलबाट लिइएका भिडियो तथा तस्वीरमा हेलिकोप्टर उल्टो भएर नदीमा तैरिरहेको अवस्थामा देखिएको छ ।
न्युयोर्क प्रहरीले बताए अनुसार पीडितहरूको पहिचान परिवारलाई जानकारी दिएपछि मात्रै सार्वजनिक गरिनेछ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस