आज: २०८२ आश्विन ३, शुक्रबार | Fri, 19, Sep, 2025

प्रहरीले भन्यो, दुर्गा प्रसाईं पक्राउ परेका छैनन्,हल्लाको पछी नलाग्नोस

२०८१ चैत्र २९, शुक्रबार मा प्रकाशित ( ५ महिना अघि) ५५१९ पटक पढिएको
नारी बाटिका


काठमाडौं २९ चैत।

चैत १५ गतेको राजावादी आन्दोलनको कमाण्डिङ गरी अपराधिक घटनाहरु घटाएर फरार रहेका दुर्गा प्रसाईँ दैनिक जस्तै सामाजिक संन्जालमा लाइभ आईरहेका छन् । यसबिच उनी पक्राउ परे भनेर नेपालमा हल्ला चलिरहँदा तर नेपाल प्रहरीले भने सो को खण्डन गरेको हो ।

नेपाल प्रहरी ब्युरोले बिहिबार एक सुचना जारी गर्दै भनेको छ ‘ विगतदेखी नै वैँक,वित्तिय संस्था तथा सहकारी संस्थाबाट ऋण लिएर नतिरेका ठगहरुलाई लिएर आन्दोलन गर्दै हिडेका प्रसाइँ यही चैत १५ गतेको राजावादी आन्दोलनपछि फरार भएका राजावादी अभियन्ता दुर्गा प्रसाईं खोजीको सूचीमा रहेका छन् ।

तर हालै विभिन्न स्रोतबाट प्रसाईँ पक्राउ’ भन्ने शीर्षकमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएकोमा आफूहरूको गम्भीर ध्यानाकर्षण भएको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उहाँले प्रसाईं पक्राउ नपरेकोले भ्रामक समाचार प्रकाशन, प्रसारण नगरिदिन पनि सबै मिडियाहरुमा अनुरोध गर्नु भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस