
नारी बाटिका
काठमाडौं २९ चैत।
अदालतले चैत १५ गते भएको हिंसात्मक प्रदर्शनका ‘कमान्डर’ दुर्गा प्रसाईंलाई १२ दिनको म्याद थप गरी हिरासतमा राख्न अनुमति दिएको छ ।सुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
कम्तीमा पनि प्रसाईंलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि प्रहरीले माग गरेको थियो । सोहीअनुसार ढकालको इजलासले म्याद थपको आदेश दिएपछि प्रसाईंलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौं लगिएको छ, । सोही स्थानमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद एवं महामन्त्री धवलशमशेर राणालाई पनि हिरासतमा राखिएको छ ।
उललाई आज (शुक्रबार) झापाको भद्रपुर विमानस्थल हुँदै बुद्ध एअरको जहाजबाट काठमाडौं ल्याइएको हो । विमानस्थलबाट लगेर भद्रकालीस्थित जिल्ला प्रहरी परिसर काठमाडौंमा प्रशाईँलाई राखिएको थियो । सरकारी वकिलको कार्यालयमा लगेर बयान लिएपछि प्रसाईंलाई अदालत लगिएको थियो ।
प्रसाईं चैत १५ मा भएको तीनकुने प्रदर्शनको घटनापछी फरार भएका थिए । उनले बिहीबार भारतको आसाम प्रहरीसँग आत्मसमर्पण गरेका हुन् । भारतीय प्रहरीले उनलाई काँकडभिट्टा ल्याएर नेपाल प्रहरीलाई बुझाएको थियो ।








प्रतिक्रिया दिनुहोस