
काठमाडौं ३१ चैत ।
विद्युतीय (ईलेक्ट्रोनिक) कारोवार कसुर मुद्दामा फरार भएका व्यक्ति इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरी मलेसियाबाट पक्राउ परेका छन् । पक्राउ परेका प्रतिवादी गोरखा, गोरखा नगरपालिका(६ सातधुरे दरबारमार्ग घर भएकी ३० वर्षीया विन्दु परियार शनिबार पक्राउ परेकी हुन् ।
परियारलाई एनसिबि काठमाडौंबाट खटिएको प्रहरीले मलेसियाबाट नेपाल आउने क्रममा उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको हो ।
उनी विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार कसुर मुद्दामा संलग्न रही फरार रहेकीमा अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गर्न सुचना जारी भएको थियो ।
यससंगै उनलाई पक्राउ गर्नको लागि एनसिबि काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८० फागुन ७ गते उनी विरूद्ध रेड नोटिस नै जारी भएको थियो ।
फरार प्रतिवादी परियारलाई उक्त कसुर बमोजिम कानूनी कारवाहीको लागि नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ












प्रतिक्रिया दिनुहोस